सप्तरी / नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले केपी ओलीसँग देशलाई राजनीति नेतृत्व गर्ने हैसियत नरहेको जिकिर गरेका छन् ।
प्रेस यूनियन शाखा सप्तरीले मंगलबार सदरमुकाम राजविराजमा गरेको पत्रकार सम्मेलनमा नेता सिटौलाले कांग्रेस माओवादी केन्द्र र जनता समाजवादी पार्टीसँग मिलेर सरकारमा जाने बताए ।
‘कांग्रेसको नेतृत्वमा माओवादी केन्द्र र जसपासहितको सहभागितामा बन्ने सरकारले देशलाई निकास दिन्छ,’ उनले भने, ‘सम्भवतः चैत महिनाभित्रै अर्को सरकारको निर्माण हुन्छ ।’
राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकबाट सरकार बनाउने विषयमा केही कुरा स्पष्ट भएर आउने भन्दै सिटौलाले ओलीसँग सरकार बनाउने विषयमा कुनै सहकार्य नहुने बताए ।





















