चितवन / चितवन माडीमा क्रिकेट कप राष्ट्रियस्तरको प्रतियोगिता अन्तरगत मंगलबार सम्पन्न भएकाे छ।आज चाैथदिन दुबै खेलहरुमा माडीका क्रिकेट टोलीहरु पराजित भएका छन्।
मंगलबारको पहिलो खेलमा माडी न.पा. ४ क्रिकेट टीमलाई महागढिमाइ वारिवर्सले पराजित गरेको थियाे । टस जितेर व्याटिङ्गको निम्तो दिएको महागडिमाइले निर्धारित २० ओभरमा २४१ रन बनाउँदै ७ विकेट खर्चेको थियो । भने २४२ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रेको माडी-४ केवल १३ ओभरमै १०४ रन बनाउदै अल आउट भएको हाे । सो खेलमा २३ बलमा ५९ रन हानेर १ विकेट लिएका महागढिमाइका छोटु सिंह ‘म्यान अफ दि म्याच’ घोषित हुनुभयो ।त्यस्तै मंगलबारको दोश्रो खेलमा माडीको स्टार स्पोर्टस् क्लबलाई पराजित गर्दै बैरिया क्रिकेट क्लब टाँडी बिजयी भएको थियाे। खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको बरूवा १५.५ ओभरमा ८३ रन बनाउदै अल आउट भएको हाे। जवाफी ब्याटिङमा उत्रेको बैरियाले ७.२ ओभरमा १ विकेट गुमाउँदै लक्ष्य भेट्टाएको थियो ।
उक्त खेलमा उत्कृष्ट वलिङ प्रदर्शन गर्दै ४ ओभरमा १ मिडेन ओभर ७ रन खर्चेर ३ विकेट लिएका राजा भट्टराई ‘म्यान अफ दि म्याच’ घोषित भए ।जसमा समाजसेवि नवीन घिमिरे ,माडि नगरपालिका खेलकुद प्रशिक्षक,विभिन्न निकायका माहानुभावहरुकाे उपस्थिति रहेकाे थियाे।





















