अनकन्टार खोचमा छ जीवन हुरि बतास चले पनि
चट्टान भाछ हृदय मेरो हिउँ पग्लेर गले पनि ।
चौतारी त छदै छनी वरको रुख ढले पनि
दुइटा मुना झ्यङिदै छन् तुसारोले गले पनि ।
डुङ्गा अझै खियाउदै छु नर नाडी गले पनि
आटँ हिम्मत जुटाउदैछु खुट्टा तान्दै गरे पनि ।
नारी हो नि म पनि त अथाह पीडा सहन सक्छु
आकाश आइ ठोकिएनी स्थिर भै रहन सक्छु ।।
नारी दिवसको शुभकामना
नारी दिवसको शुभकामना
"कविता "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















