चितवन / विदुषि श्री तारामाताको उपस्थितिमा बाइजुराज महिला कार्य समिति आज शनिबार गठन भएको छ । चितवनको हिलवर्ड बोडिङ्ग स्कुल भरतपुरमा गरिएको कार्यक्रममा पारु केशी अध्यक्षमा चयन हुनुभएको छ ।
उपाध्यक्षमा उर्मिला खतिवडा, सचिवमा सदिक्षा मिश्र ,उपसचिवमा मिरा बराल कोषाध्यक्षमा विनिता अधिकारी सदस्यहरुमा अन्जना खतिवडा , सभ्यता रिजाल , सुमना सिलवाल , कल्पना पराजुली रहनुभएकाृृे छ । त्यस्तै सल्लाहकारहरुमा सुमित्रा रिजाल ,गिता दवाडी , मिना पौड्ल , भवानी देवकोटा रहेने गरि कार्यसमिति गठन भएको छ । यस भेलामा २५ जनाको उपस्थिति रहेको थियो ।
यस समिति गठन गर्नुको उदेश्य श्री प्राणनाथ सेवा आश्रम २०६३देखि झण्डै १४/१५ बर्षको जनहितकारी सेवामूलक संस्था हो देवघाट २ तनहुँ मा अवस्थित छ श्री प्राणनाथ सेवा आश्रम सञ्चालक समितिले योजना अनुसारको भौतिक निर्माणकार्य गर्न आवश्यकताको आधारमा प्राथमिकताको आधारमा निर्माण कार्य सम्पादन गर्दै आएको छ ।
सहयोग र सेवा गर्नु हो दान माग्ने र लिने भन्दा पनि स्थायी स्व आर्जनको खोजि गर्ने अनाथ तथा टुहुरा बालबालिकालाई पालनपोषण गास ,बास , कपास शिक्षा दित्रा र व्यवसायिक कार्यमा लगाई आत्मनिर्भर बनाउन पहल गर्ने ।जनचेतनामूलक कार्यक्रमको आयोजना गर्ने श्री कृष्ण प्रणामी मन्दिरको स्थापना गरी धर्मको प्रचार प्रचार गर्ने इत्यादि उदेश्यहरुको अनुरुप कार्य गर्न बाइजुराज महिला समिति गठन भएको उपसचिव मिरा बरालले जानकारी दिनुभयो ।





















