काठमाडौं / सरकारकाले प्रतिनिधिसभाको बैठक बोलाउने निर्णय गरेको छ। आज साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सर्वोच्च अदालतको आदेश बमोजिम प्रतिनिधिसभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रतिनिधि सभा पुनर्स्थापनापछि आज पहिलो पटक मन्त्रिपरिषद् बैठक बसेको थियो। संसद बैठक बोलाउनका लागि यसअघि प्रधानमन्त्री केपी ओलीले हिजो साँझ राष्ट्रपति विद्यादेवी भण्डारीसँग छलफल गरेका थिए।
सर्वोच्च अदालतले मन्त्रिपरिषद्को सिफारिसमा गएको पुस ५ गते राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै गएको मङ्गगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो।





















