काठमाडौं / सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा पुनर्स्थापना गर्ने फैसला सुनाएको छ। दिनभरको छलफलपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा नेतृत्वको संवैधानिक इजलासले विघटनको निर्णयलाई बदर गरेको छ।
प्रधानमन्त्री केपी ओलीले पुस ५ मा प्रतिनिधिसभा विघटन गरेका थिए। त्यस विरुद्ध सर्वोच्चमा १३ वटा रिट निवेदन दर्ता भएको थियो। प्रधानन्यायाधीशको एक इजलासले ८ पुसमा संवैधानिक इजलासले संवैधानिक इजलासमा सुनुवाइ गर्ने आदेश दिएका थिए।
१० पुसमा सर्वोच्चले एमीकस क्युरी गठन गर्ने निर्णय गरेको थियो। रिट निवेदकका तर्फबाट ७१ जनाले बहस गरेका थिए । प्रधानमन्त्रीको कदमको बचाउ गर्दै ३७ जना अधिवक्ताले बहस गरेका थिए। ३ फागुनदेखि ७ फागुनसम्म एमीकस क्युरीले बहस गरेका थिए । प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधिसभा विघटन गरेका थिए।





















