चितवन / पूर्व प्रधानमन्त्री एवम नेकपाका दाहाल नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओलीले चुनाव गराउने गरी गरेको प्रतिगमन नभएको भन्दै अहिले राम्रो दिमाख हुनेजति सवै उनको कदमका विरुद्ध उभिएको दाहालले ठोकुवा गर्नुभएको छ ।
कम्युनिष्ट नेता नरबहादुर केसीको निधनमा अन्तिम श्रद्धान्जली दिन सोमबार चितवन आउनुभएका नेता प्रचण्डले भरतपुर विमानस्थलमा सो कुरा बताउनुभएको हो ।
चुनाव हुन्छ भन्दै ओलीले जनतालाई झुक्याउँदै पञ्चर्याली गरेको दाहालको आरोप छ । पन्चर्याली गर्ने जमिन वाँड्छु भन्ने पहिलेका राजा महाराजाले जस्तै सभा गर्ने गरेका ओली प्रतिगमन कदम सुरु गरेको दिनदेखि हारेको भन्दै प्रचण्डले ओली मतमा पनि व्यवहारमा पनि हार व्यहोर्ने बताउनुभयो । प्रचण्डले भन्नुभयो,“आमसभाका प्रकृया चलिरहन्छनै ।
मुख्य कुरा के हो भने नेपाली जनताले लामो समयको संघर्ष बलिदान बाट प्राप्त उपलब्धि अहिले धरापमा पार्नुभएको छ उहाँले । आम नेपाली जनता र राम्रो दिमाख भएका मानिस उहाँको कदमको विरुद्धमा छन् ।
तपाई हामी सवै मिलेर यसलाई परास्त गर्नुपर्छ । राष्ट्रको हितमा जनताको हितमा लोकतन्त्रको हितमा ।” साथै आगामी १२ गते चितवनमा वृहत सभा हुने पनि प्रचण्डले सो अवसरमा जानकारी दिनुभएको थियो ।





















