काठमाडौं / नेकपा प्रचण्ड-माधव समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ ।
जसअनुसार २०७७ फागुन ५ गते देखि १२ गते सम्म सम्बन्धित प्रदेश कमिटीको योजनामा जिल्लाहरूमा जिल्ला स्तरीय विरोध प्रदर्शन, सभा लगायतको विरोध कार्यक्रम गर्ने भएको छ ।
त्यस्तै २०७७ फागुन ६ गते प्रतिगमन, महङ्गी र भ्रष्टाचारको विरोधमा टुँडिखेल वरिपरि मानव साङ्लो विरोध कार्यक्रम सम्पन्न गर्ने भएको छ ।























