काठमाडौं / सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । स्वयं खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ ।
गीतमा खत्री र केवलजङ्ग कुँवरको अभिनय छ । पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाएका उनले हाल यो गीत सार्वजनिक भएपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताए। “विगतको गीतबाट यस्तै गीत मात्र गाउँछे भन्ने जुन टिप्पणी आएको थियो, त्यसलाई यो गीतले चिरेको छ”, उनले भने।
माया गर्ने सम्पूर्ण जोडीका लागि यो गीत समर्पित रहेको खत्रीले बताए। गीत उनकै व्यक्तिगत युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।





















