काठमाडौं / नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा कमजोर भएको बताएका छन्।
राजधानीमा आयोजित श्रमिक भेलामा नेपालले प्रधानमन्त्री ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको निष्ठा र आस्था कमजोर भएको बताएका हुन्।
ओलीको कम्युनिस्ट आन्दोलनप्रतिको प्रतिबद्धता समेत कमजोर भएको र मार्क्सवादलाई अवसरवादका रूपमा बुझेर आफ्नो स्वार्थको साधन बनाउन चाहेको उनको आरोप छ। अध्यक्ष नेपालले आफूहरूको संविधानप्रति माया र ममता स्वामित्वबोधको भावना भएका कारण यसलाई बिग्रिन र छिन्नभिन्न हुन नदिने बताए।
संविधानलाई जोगाएर हुर्काउँदै अगाडि बढाउने उनको भनाइ छ। आफूहरूले कुर्सीको हानथाप नगरी न्याय र सत्यको लागि आवाज उठाइरहेकाले बाटो सही रहेको उनले बताए।





















