चितवन / चितवनको भरतपुर महानगरपालिकालाई खरको छानो रहित महानगर बनाउने अभियान तीव्र पारिएको छ । आर्थिक अभावका कारण झुपडीमा बस्न बाध्य महानगरवासीहरुलाई महानगरले निशुल्क जस्तापाता वितरण सुरु गरेको मेयर रेनु दाहालले जानकारी दिईन।

महानगरभित्र रहेका विपन्न समुदाय पहिचान गरि वडा स्तरबाट खरको छाना भएका विपन्नहरुलाई जस्ता पाता सहयोग गर्ने अभियान तीव पारेको उनले बताईन् ।
‘ महानगर विकास र समृद्धी स्र्माट महानगर बनाउने तीव्र पारेको अवस्थामा विकाससगैँ हामी जनतालाई खुसी बाढ्दै छौं’ जस्ता वितरण गर्दै उनले भनिन् ‘महानगर क्षेत्रभित्रका झुपडीमा टिनका छाना हाल्छौं, महानगरपालिकाले यसलाई प्राथमिकतामा राखेको छ ।’
उनले ‘भरतपुर महानगरपालिकामा रहेका खरको छानो भएका सबै घरलाई विस्थापित गर्ने योजना छ, गत बर्ष पनि बाडेका थियौँ।’ उनले ‘यो वर्ष २०० घरलाई जस्ता पाता दिन्छौँ, बाँकीलाई क्रमशः दिँदै महानगरलाई खरको छानोबाट मुक्त पार्ने बताईन् ।’
पश्चिम चितवनको वडा नम्बर २५ शोसीमा आज एक समारोहका विच मेयर रेनु दाहालले सुरक्षित नागरिक आवास निर्माण (खरको छानो विस्तापित गरी जस्तापाताको छानो) कार्यक्रम अन्तर्गत ६ वटा वडाका १ सय १९ घरपरिवारलई जस्तापाता बाँडेकी हुन् ।
नम्बर २५ का ७२ बर्षिय शिवराम महतोले जस्ता पाएपछि खुशी व्यक्त गर्दै प्रमुख दाहाललाई धन्यावाद दिए । मेयर दाहाल आफैले महतोलाई महतो जस्तापाता हस्तान्तरण गरेकी थिईन् ।
यसअघि गत बर्ष मात्रै वडा नम्बर २२, २६ र २८ का ६५ घरघुरी विपन्नलाई जस्तापाताको छानो हस्तान्तरण गरि खरको छानो मुक्त बनाईएको थियो ।
भरतपुर महानगरपालिकाले महानगरभित्रका सबै वडामा १ हजार ४१ वटा खरको छानो रहेको जानकारी दिएको छ। भरतपुर महानगरपालिका वडानं. २५ का वडा अध्यक्ष विजय कुमार भुजेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नम्बर २१ का वडा अध्यक्ष चित्रसेेेन अधिकार, सुरक्षित नागरिक आवास निर्माणका अध्यक्ष चुन सिंह सार्की, नेकपा अध्यक्ष एवंम पुर्व पधानमन्त्री पचण्डकी नीजि सचिव निशा न्यौपाने, विभिन्न वडाका अध्यक्षहरुले जस्तापाता वितरण अभियानले महानगरलाई विकास जनतालो नजिकबाट अनुभुति गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए ।
पूर्वप्रधामन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को पहलमा खरको छानो मुक्त बनाउने अभियानलाई तीव्र पारिएको हो ।























