काठमाडौं / नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली नेतृत्वको सरकारले किसान र कृषि क्षेत्रमाथि प्रहार गरेको बताएका छन् ।
आइतबार अखिल नेपाल किसान महासंघको केन्द्रीय कमिटी बैठकलाई पेरिसडाँडामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले ओलीले नेपाली किसानलाई विदेश लखेट्ने खेल सुरु गरेको बताएका हुन् । अध्यक्ष प्रचण्ड भने प्रतिगनमकारी कदम चालिसकेपछि कृषि क्षेत्रमा विदेशी कम्पनीहरूलाई लगानी गर्न दिने, विदेशीलाई राइँदाइँ गर्न दिने र नेपाली किसानहरूलाई अझ बढी गरिब, अझ बढी असहाय बनाउने र विदेशतिर लखेट्ने खेल सुरू भएको छ’ ।
‘सबैभन्दा बढी किसानहरूलाई नै हामीले यो कुरा बुझाउन जरुरी छ। र, किसानहरूलाई नै बढी आन्दोलित गर्नु जरुरी छ’ उनले भने । अध्यक्ष प्रचण्डले प्राप्त उपलब्धिको रक्षाको निम्ति पुनः जुर्मुराएर आन्दोलित हुनुपर्ने अवस्था आएको औँल्याए ।





















