चितवन / प्रधानमन्त्री केपी शर्मा ओलीले चितवनको अयोध्यापुरीमा अर्को वर्ष भव्य राम मन्दिर बनाउन सुरु गर्ने घोषणा गरेका छन्।
आज चितवनमा आयोजित आमसभामा प्रधानमन्त्री ओलीले अयोध्याम राममन्दिर बन्ने बताएका हुन।
प्रधानमन्त्री ओलीले भने, रामको मूर्ति निर्माण भइसकेको जनाउँदै सीताको मूर्ती बनिरहेको बताए।
उनले भने, ‘अर्को रामनवमीमा भव्य ढंगले शिलान्यास गरिने छ। चितवनको अयोध्यापूरी अब विश्वका हिन्दूहरुको, विश्वका पुरातत्वविद्हरुको पर्यटकीय स्थल हुनेछ।’
प्रधानमन्त्री ओलीले चितवनमा नदी, पुल र नदीहरुको तटबन्धको व्यवस्थापन गर्ने बताए। उनले भने, ‘चितवन असाधारण सम्भावना बोकेको भूमि हो। वृहत् नयाँ स्वरुपमा विकासलाई अगाडि बढाउने छौ।’
प्रधानमन्त्री ओलीले मुलुकमा धमाधम विकास निर्माण भइरहेको दाबी पनि गरे। उनले आजै भरतपुरमा सिटी हल र सडक खण्ड विस्तारको शिलान्यास पनि गरेका थिए।
प्रधानमन्त्री ओली नेतृत्वको समूहले अर्को समूहका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवनमा आज शक्ति प्रदर्शन गरेको हो।
सो सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली ४ जना मन्त्री र एक राज्यमन्त्रीसहित चितवन आएका थिए ।





















