काठमाडौं / निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी ( नेकपा )को दुवै पक्षलाई आधिकारिक नमान्ने निर्णय गरेको छ।आइतबार बसेको आयोगको बैठकले दुवैपक्षलाई आधिकारीकता नदिने निर्णय गरेको आयोगले जनाएको छ।
दुवै पक्षको मागदावी अनुसार अभिलेखमा संसोधन, परिवर्तन वा हेरफेर हुन नसक्ने निर्णय आयोगले गरेको प्रवक्ता राजकुमार श्रेष्ठले बताए। आयोगमा साविककै विवरण कायम रहेको जानकारी दुवै पक्षलाई दिने निर्णय भएको छ।
आयोगको पछिल्लो निर्णयसँगै अब कागजमा साविककै अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, त्यसैगरि महासचिवमा विष्णु पौडेल रहने छन्। संसद विघटनपछि विवाद उत्कर्षमा पुगेपछि नेकपा हाल दुई समुहमा विभाजित छ। दुवै पक्षले आफू आधिकारिक भएको दावी गर्दै अयोगमा कागजपत्र पेश गरेका थिए।
विभाजित भएका समुहले दल मान्यताका लागि पेश गरेको कागजपत्र पर्याप्त नभएको भन्दै आयोगले कसैलाई पनि दलको मान्यता नदिने भएको हो।
दलको विधानलाई आधार मानेर सोधिएका सवालमा दुवै पक्षले दिएको जवाफप्रति आयोग सन्तुष्ट हुन नसकेको हो।





















