काठमाडौं / नेकपाको प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टीको साधारण सदस्य समेत नरहेन गरी निष्कासन गरेको छ।
आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले सो निर्णय गरेको हो । ओलीले राष्ट्र र पार्टी हितका विरुद्ध गतिविधि गरेपटि पार्टीले लिएको स्पष्टीकरणको जवाफ नदिएपछि उनलाई साधारण सदस्यता समेत नरहनेगरी कार्वाही गरिएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
त्यस्तै स्थायी समितिको बैठकले गंगालला तुलाधरलाई कार्यालय सचिव बनाएको छ। यसअघि नै पूर्व माओवादीका तर्फबाट,श्रीराम ढकाल सचिव रहेका थिए। त्यस्तै कार्यालयको उपसचिवमा मोहन गौतम नियुक्त भएका छन्।





















