चितवन / इष्टु चितवनले तलब तत्काल उपलब्ध नगराए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । नयांँ शैक्षिक शुरु भईसक्दा पनि पुरानो शैक्षिक सत्रको समेत तलब नपाएको भन्दै संस्थागत विद्यालयका शिक्षकहरुले असन्तुष्टी जनाएका छन । नयांँ शैक्षिक सत्र शुरु भए यता आफूहरुले निरन्तर अनलाईन कक्षाबाट पढाईलाई निरन्तरता दिएपनि हालसम्म विद्यालयले तलब नदिएको भन्दै उनीहरु आक्रोशित भएका हुन ।
संस्थागत विद्यालय शिक्षक युनियन(ईष्टु), चितवनले भरतपुरमा पत्रकार सम्मेलन गरी तलब नदिए शशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन । सोही अनुरुप इष्टु केन्द्रीय समितिले यही असार १९ गते शुक्रबार माइतीघर मण्डलामा प्रर्दशन गर्ने जानकारी दिएको छ ।
्पत्रकार सम्मेलनमा बोल्दै इष्टुका केन्द्रीय उपाध्यक्ष केशवराज पाठकले विद्यालय संचालक समिति, प्यावसन, जिल्ला शिक्षा कार्यान्वयन ईकाई लगायतका सरोकारवालाई पटक पटक ध्यानाकर्षण गराउंँदा समेत वेवास्ता गरेकाले शशक्त संर्घष गर्नुको विकल्प नरहेको बताए । ‘विद्यालयले च्रैत्र महिनाको समेत शुल्क लिएको छ, उनले भने, तर कतिपय विद्यालयमा माघ देखिनै तलब नपाएको शिक्षकहरुले गुनासो गर्नु भएको छ ।’ अब पनि शिक्षकहरुको मागलाई सम्बोधन नगरिए देशभर कडा रुपमा सडक संर्घष गरिने उनले बताए । हाल नीजि विद्यालयका शिक्षक तथा कर्मचारीले दैनिक प्रत्यक्ष, अप्रत्यक्ष रुपमा काम गर्दै आएको तर विद्यालय प्रशासन वास्ता नगरेका शिक्षकहरुको आरोप छ ।
विद्यालय फाइदामा भएको बेला न हामीले बोनस माग्यौं, पाठकले भने, २, ४ महिना आम्दानी भएन भन्दैमा तलब रोक्न मिल्छ?’ उनको आक्रोश थियो । सरकारले अभिभावकसंँग शुल्क नलिने निर्देशन दिएपनि कतिपय विद्यालयले अभिभावकलाई फोन गरेर नयांंँ शैक्षिक सत्रको पनि भर्ना गर्न दबाब दिईरहेको उनले बताए । ‘कि हाम्रो बांँकी तलब देउ, चलाउन सक्दैनौ भने विद्यालय बन्द गर ।’ उनले चुनौति दिए ।

इष्टुका चितवनका अध्यक्ष जनकराज घिमिरेले लामो समयसम्म तलब नपाउंँदा शिक्षकको अवस्था दयनीय हुदै गएको भन्दै तत्काल तलब पाउनु पर्ने माग राखे । ‘चितवनका करीब ८० प्रतिशत नीजि विद्यालयका शिक्षकले चैत्र महिना देखि तलब पाएका छैनन, उनले भने तर सामुदायिक विद्यालयका शिक्षकले काम नगरेपनि नियमित तलब पाएका छन ।’ राज्यलेनै यस प्रति चासो नदेखाई नीजि शिक्षकहरुलाई विभेद गरेको घिमिरेको आरोप छ ।
शिक्षकहरुले जेठ महिनादेखि सम्पूर्ण तलब भुक्तानी गरियोस, विद्यालयका कामलाई निररन्तरता दिइयोस, विगतका सहमति कार्यान्यवन गरियोस , योगदानमा आधारित सामाजिक सुरक्षा कोषको व्यवस्था गरियोेस लगायतका माग राख्दै आएका छन । तथ्यांक अनुसार देशभर साढे २ लाख भन्दा बढी नीजि बिद्यालयका शिक्षक छन भने, चितवनमा मात्रै ६ हजार शिक्षक रहेका छन । यहांँ १ सय ६५ नीजि बिद्यालय रहेका छन ।





















