चितवन / भरतपुरस्थित नारायणी सामुदायिक हस्पिटलमा उपचाररत कोराना संक्रमितलाई भरतपुर अस्पतालमा सारिएको छ । आज विहान कोरोना पुष्टि भएका बिरामीलाई भरतपुर अस्पतालमा सारिएको हो ।
पूर्वी चितवन राप्ती नगरपालिका–१ की १२ वर्षीया कोरोना संक्रमित बालिकालाई भरतपुर अस्पतालमा सारिएको छ । अर्का संक्रमित खैरहनी नगरपालिका–७ का ६१ वर्षीय पुरुषलाई भरतपुर अस्पतालमा सारिने भरतपुर अस्पताल कोभिड–१९ क्लिनिकल कोअर्डिनेटर डा.प्रमोद पौडेलले जानकारी दिए ।
‘कोरोना संक्रमित बालिकालाई ल्याई सकेका छौं, अर्का पुरुषलाई ल्याउने तयारी भइरहेको छ’–डा.पौडेलले भने । उनका अनुसार ती ६१ पुरुषमा अन्य रोगको संक्रमण रहेकाले उनलाई आइसीयू राखेर उपचार गर्ने तयारी भइरहेको छ । सरकारले निजी अस्पताललाई कोरोना संक्रमितको उपचार गर्न अनुमति नदिएकाले निजी हस्पिटलमा कोरोना पुष्टि भएका बिरामीहरुलाई सरकारी अस्पतालमा सार्ने गरिएको छ ।





















