काठमाडौँ / सर्वोच्च अदालतले पुरानै पाठ्यक्रमलाई निरन्तरता दिनुपर्ने माग गर्दै परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेपछि कक्षा ११ मा नयाँ पाठ्यक्रम लागू गर्न बाटो खुलेको छ।
गत असोज २८ गते भगवता अर्यालले पुरानै पाठ्यक्रमलाई मान्यता दिनुपर्ने जिकिरसहित सर्वोच्चमा रिट दायर गरेका थिए। न्यायाधीश तेजबहादुर केसी र प्रकाशकुमार ढुंगानाको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
नेपालमा दस दस वर्षमा पाठ्यक्रम परिमार्जन हुने व्यवस्थाअनुसार शिक्षा मन्त्रालयको स्वीकृततिमा पाठ्यक्रम विकास केन्द्रले यो वर्ष कक्षा १ र ११ मा नयाँ पाठ्यक्रम लागू गर्ने निर्णय गरेको थियो ।





















