पोखरा / नेकपा प्रचण्ड–माधव पक्षका पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपाल पोखरा आउने भएका छन् ।
प्रदेशस्तरीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्न प्रचण्ड र नेपाल मंगलबार पोखरा आउन लागेका हुन् । अध्यक्षद्वय सहित पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि पार्टी भेलामा सामेल हुने छन् । बिहान ८ बजे अध्यक्षद्वय पोखरा आइपुग्ने कार्यक्रम रहेको छ ।
पोखरा ११ शितलादेवि स्थित एसआर केसी बैंक्युटमा ११ बजेदेखि कार्यक्रम सुरु हुने समय तालिका रहेको पार्टीका कास्की अध्यक्ष राजकाजी गुरुङले जानकारी दिए ।





















