चितवन / पृथ्वी जयन्ती तथा एकता दिवसको अवसर पारेर भरतपुरमा आज जन्मजयन्ती सभा हुने भएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन आज (सोमबार) भरतपुरमा शान्तीपूर्ण प्रर्दशन सहित विशेष सभा गर्न लागिएको हो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी चितवनका प्रवक्ता राजु भण्डारीले आज विहान साढे ११ बजे केन्द्रीय बस ट्रमिनल (पारस बसपार्क) देखि चौविसकोठी–मालपोतहुदै शान्तीपूर्ण र्यालि निकालिने बताउनुभयो ।र्यालि पारस बसपार्कमा पुगेर जन्मजयन्ती सभामा परिणत हुने उहाँले बताउनुभयो । कार्यक्रममा राप्रपाका बरिष्ठ नेता तथा पूर्व मन्त्री विक्रम पाण्डेले प्रमुख वक्ताका रुपमा सम्बोधन गर्नुहुने छ । जन्मजयन्ती सभामा धार्मिक अगुवा तथा सामाजिक अन्य व्यक्तित्वले सम्बोधन गर्ने कार्यतालिका छ।
यसैबीच राप्रपा चितवनले एक प्रेस विज्ञप्ति जारी गर्दै पृथ्वी जयन्ती तथा एकता दिवसको पुस २७ गते कार्यक्रममा सामाजिक तथा धार्मिक संघसंस्थाको एक्यवद्धता रहेको जनाएको छ । राप्रपा चितवनका सचिव केशवराज भण्डारीद्वारा जारी विज्ञप्तिमा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुन जिल्लाबासीमा अपील समेत गरिएको छ ।





















