चितवन / संसद विघटनविरुद्ध नेकपा (प्रचण्ड–माधव) निकट अनेरास्ववियु चितवनले सडक वहस कार्यक्रम सम्पन्न गरेको छ । प्रधानमन्त्री केपी ओलीको कदम असंवैधानिक भएको भन्दै अनेरास्ववियू चितवनको आयोजनामा भरतपुरको चौविसकोठिमा सडक वहस कार्यक्रम भएको हो ।
कार्यक्रममा बोल्दै बुद्धिजीवी प्रेम रिमालले एकपटक संविधान अध्ययन गर्न आग्रह गरे। उनले संविधान मान्छु भनेपछि संविधानको अक्षरस पालना गर्नु पर्ने बताए। प्रधानमन्त्रीले किड्नी फेरे पछि संविधान र प्रणाली प्रतिको धारणा फेरेको आरोप लगाए ।
उनका अनुसार संविधानको जुनसुकै धाराले पनि प्रधानमन्त्रीलाई साथ् दिदैन ।
वहस कार्यक्रममा वाम बुद्धिजीवी प्रेम रिमाल, डाक्टर सुवास वस्नेत, प्रध्यापक तिर्थ पौडेल, प्रध्यापक हरि अधिकारी, नेपाल विद्यार्थी संघका नेता प्रमेश्वर खनाल र मानव अधिकार कर्मीहरु क्रमश राजेन्द्र पौडेल, गोकर्ण सापकोटाले सम्बोधन गरेका थिए ।
उनीहरुले प्रधानमन्त्री केपी ओलीको कदम गलत भएको र सर्वोच्च अदालतले जनता र संविधानको पक्षमा फैसल गर्ने समेत विश्वास व्यक्त गरेका थिए । कार्यक्रममा एक सय भन्दा बढि व्यक्तिहरुको सहभागीता रहेको विद्यार्थी नेता साकार लामाले जानकारी दिए । उनका अनुसार अनेरास्ववियुको केन्द्रीय कमिटीको सर्कुलरअनुरू जिल्लामा दोस्रो चरणका कार्यक्रम भैई रहेका छन् ।
घोषणा गरिएका कार्यक्रमहरु अन्तरर्गत ओली सरकारका मन्त्रीहरुलाई कालोझण्डा देखाउनेदेखि, लाठी जुलुस, प्रधानमन्त्रीको पुत्ला दहन, कलेजमा कालो व्यानर टाँस्ने लगायत कार्यक्रम भएका छन् भने २६ गते बयलगाडा प्रदर्शन,२७ गते प्रतिगमनबिरुद्ध सडक कविता गीत र गजल कार्यक्रम गर्ने, पौष २८ गते ९ सडक नाटक र सडक आर्ट ९ स्ट्रिट वाल पेन्टिङ र २९ गते सडकमा प्ले कार्ड सहित कार्टुन प्रदर्शनका कार्यक्रम अनेरास्ववियुले सार्वजनिक गरेको छ ।





















