काठमाडौं / नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेर अनाधिकृत काम गरेको बताएका छन्।
प्रतिनिधिसभा विघटनविरुद्ध शुक्रबार भक्तपुरमा आयोजित विरोध सभामा नेता थापाले नेपालको संविधानमा ५ वर्ष अघि संसद् विघटन गर्ने कुराको कल्पना समेत नगरिएको बताए।
कांग्रेसले असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै बिरोधमा उत्रिएको नेता थापाको भनाई छ। सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने थापाले बताए। प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै उनले अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने छ।’
कांग्रेसले असंवैधानिक, अधिनायकवादी तथा प्रतिगामी कदम भन्दै विरोधमा उत्रिएको नेता थापाको भनाइ छ। सर्वोच्च अदालतले संविधान पल्टाएर हेरी फैसला गर्नुपर्ने र अदालतप्रतिको आस्था कायम राख्नुपर्ने उनले उल्लेख गरे। नेता थापाले प्रधानमन्त्री ओलीले अदालतमाथि मनोवैज्ञानिक दबाब सिर्जना गरेको भन्दै अदालत डराउँदैन भन्ने प्रमाणित गर्नुपर्ने उनको भनाइ छ।
नेता थापाले अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने र राष्ट्रपति र प्रधानमन्त्रीलाई घर पठाउने दाबी गरे। असंवैधानिक कदमविरुद्ध कांग्रेस दह्रो गरी उभिने र देशलाई संवैधानिक संकटमा पर्न नदिने उनको भनाइ छ। नेपाली कांग्रेसले सरकारको यस कदमविरुद्ध विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ।





















