चितवन / नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा (बादल ) पार्टी आफू पार्टी एकताको पक्षमा रहेको बताएका छन ।
पार्टी फुटाउने षडयन्त्रका साथ प्रचण्डले १९ बुंदे आरोप पत्र प्रस्तुत गरेको बताउनु भएको छ । पहिलाको सम्झौता बमोजिम अध्यक्ष र प्रधानमन्त्री नपाएर प्रचण्ड – माधवजीले पार्टी छाडेर गएको बताउदै नेकपा नेता बादलले उहाँहरुले पार्टी भेला नभई गुटको भेला गर्दै हिंडेको बताँउनु भयो ।
ओलि पक्षको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) चितवनले भरतपुरमा आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री हुन चुनावमा जान र पार्टी अध्यक्ष हुन महाधिवेशनमा जान चुनौती दिदै नेता बादलले तपाईंलाई यो संसदले प्रधानमन्त्री नबनाउने हुनाले चुनावी मैदानबाट नभाग्न प्रचण्ड- माधवलाई अनुरोध गर्नु भयो ।
प्रजातान्त्रिक पद्द्तीमा कसैको . उत्त्तेजनाले पार्टी अध्यक्ष र प्रधानमन्त्री हटाउन नसक्ने भन्दै उहाँले महाधिवेशनबाट निर्बाचित अध्यक्ष र जनताबाट बिजयी भइ संसदबाट चुनिनु भएका केपी ओलीलाई माधव – प्रचण्डले हटाएको नभै आफै पार्टी छाडेर गएको बताउनु भयो ।
गृहमन्त्री रामबहादुर थापा सहभागी कार्यक्रममा विभिन्न कलेज ड्रेसमा विद्यार्थीहरुको भिड जम्मा गरिएको थियो ।





















