चितवन / नेकपा विभाजित बनेपछि नेता कार्यकर्ता एकापसमा विभाजित रहेका छन् भने एकले अर्काको चर्को आलोचना गर्दै भाषण र आरोपपत्यारोप मा नेकपाका नेताहरु व्यस्त छन् ।
जब प्रधानमन्त्री केपी ओलीले पुस ५ गते प्रतिनिधिसभा विघटनको घोषणा गरे सोही दिनदेखि उतिकै विवादले घेरिएको नेकपा विभाजित नै बनेको हो । विभाजित बनेसँगै पूर्वमाओवादी निकटका केही नेता केपी ओलीतिर लागे भने केपी ओली अर्थात पूर्व एमालेका धेरै नेता प्रचण्ड – माधव नेपाल समूहतिर लागे ।
प्रचण्ड समूहमा पूर्वएमालेका वरिष्ठ नेता माधव कुमार , झलनाथ खनालदेखि प्रभावशाली नेता लाग्दा बादल भने पूर्वमाओवादीका बादल अर्थात हालका गृहमन्त्री रामबहादुर थापा भने ओलीतिर लागेका हुन् ।
उनी ओलीतिर लाग्नुको कारण पदकै लोभ भएको बताइएको छ भने उनको निर्णयबाट गृहजिल्ला चितवनका नेता कार्यकर्ता आक्रोसित बनेका छन् ।
आजै मात्रै चितवनमा आएका उनलाई कार्यकर्ताले कालो झन्डा र कालो वेलुन देखाएका थिए। भरतपुर बिमानस्थल परिसरमा कार्यकर्ताले बादल लाल गद्दार असंबैधानिक कु का मतियार लेखेको ब्यान सहीतको बेलुन उडाएर बिरोध गरेका थिए ।
यस्तै भरतपुरको हाकिम चोकमा उनलाई कालोझण्डा पनि देखाइयो । उनी ओली गुटको कार्यक्रममा सहभागी हुन आएका थिए भने प्रचण्ड-नेपाल समूहले पनि छुट्टै कार्यक्रम राखेको थियो ।






















