चितवन / नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले मेहेनत गरेर ल्याएको उपलब्धि फेरि उल्टोबाटो हिड्ने हो कि भन्ने चिन्ता बढेको बताउनुभयो । नेपाल प्रेस युनियन चितवन शाखाले भरतपुर-११ जखडीमाइमा आयोजना गरेको बनभोज तथा अन्तरक्रिया कार्यक्रममा उहाले ओलि सरकारले गरेको संसद विघटनको निर्णय सर्वोच्चले सदर गरेमा तोकिएकै समयमा निर्वाचन हुनुपर्ने बताउनुभयो ।
कम्युनिस्टले हिजो गफ विकाएपनि अब गफ नबिक्ने बताउनुभयो । संसद पुनःस्थापना भएपनि स्वीकार्य भएको बताउनुभयो । उहाले ओलि सरकारले संसद विघटन गरेर ठूलो गल्ती गरेको आरोप लगाउनुभयो । संसद विघटनबारेको मुद्दाको छिटो छिनोफानो हुनुपर्ने बताउनुभयो ।

त्यस्तै पेशागत सुरक्षाका लागि पहल गर्न पत्रकारहरुले माग गरेका छन् । आयोजित बनभोज तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै चितवनका पत्रकारले कोरोनाका कारण विस्थापित बनेकालाई पुनर्बहाली गर्ने काम अभियान चलाउन सुझाएका छन् ।
प्रेस युनियन चितवन शाखाका सल्लाहकार पूर्ण शर्माले पत्रकारको संख्या कटौती हुन पुग्नु दुखद भएको बताउनुभयो । उहाले मिडिया हाउस सन्चालकसंग पहल गरेर पत्रकारको पेशागत सुरक्षा गरिनुपर्ने बताउनुभयो । पत्रकार विप्लव काफ्लेले कोभिडको बहानामा विस्थापित बनाइएका पत्रकारको पुनर्बहाली गर्न शसक्त भूमिकाको खांचो रहेको बताउनुभयो ।
पत्रकार रमेश पौडेलले सन्चारगृहले विना कारण पत्रकार हटाउने परिस्थिति बन्द गर्नुपर्ने बताउनुभयो । शाखाका निवर्तमान अध्यक्ष तथा पत्रकार महासंघ चितवनका उपाध्यक्ष नारायणप्रसाद अधिकारीले श्रमजीवी पत्रकारको पेशागत हकहितका लागि सक्रिय भएर लाग्ने बताउनुभयो । उहाले पत्रकारको क्षमता विकासमा लाग्ने प्रतिवद्धता जनाउनुभयो । उहाले रोजगारविहिन बनेका दक्ष पत्रकारलाई उचित रोजगारीको वातावरण बनाउने दावी गर्नुभयो । मिडिया बचाउने काममा प्रेस युनियनले नेतृत्व लिने बताउनुभयो ।
नेपाल प्रेस युनियनका केन्द्रीय बरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सन्चारकर्मीलाइ उचित पारिश्रमिक दिलाउनुपर्ने बताउनुभयो । उहाले पत्रकारले नागरिकको अधिकारबारे बोल्ने भएकाले पत्रकारको पेशागत सुरक्षा गरिनुपर्ने बताउनुभयो । शाखा अध्यक्ष अनिल ढकालले पत्रकारलाइ सक्षम र दक्ष बनाउने कार्ययोजना बनाइने बताउनुभयो । उहाले पत्रकारलाई कमजोर बनाउने नदिइने बताउनुभयो ।
कार्यक्रममा पत्रकारहरु रमेशचन्द्र बस्ताकोटी, गोविन्द अर्याल, केशव भट्टराई, अर्जुन अधिकारी, अनिता अर्याल, अपील घिमिरे, प्रकाशबाबु खनाल, सन्दीपकुमार श्रेष्ठ, कमलमान श्रेष्ठ अनिशा थापा, नेत्र गुरुङ, शिव शर्मा लगायतले पत्रकार हकहितकोबारेमा बोल्नुभएको थियो ।






















