चितवन / चितवनमा आउने पर्यटकलाई लक्षित गरी भरतपुर महानगरपालिका वडा नं १० स्थित कृष्णपुरमा चितवन गार्डेन रिर्सोट सञ्चालनमा आएको छ ।
अंग्रेजी नयाँ वर्षदेखि सेवा सुरु गरेको रिर्सोटको एक भव्य समारोहको भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले उद्धघाटन गरिन् । दाहालले महानगरकै केन्द्रमा संचालनमा आएको सुविधा सम्पन्न रिर्सोटले भरतपुरको पर्यटन विकासमा नयाँ आयाम थपेको र गुणस्तरीय सेवा प्रदान गर्न अब्बल सावित हुने विश्वास व्यक्त गरिन् ।
भरतपुरमा पछिल्ला दिनहरूमा सुविधा सम्पन्न होटल तथा रिसोर्ट निर्माण तथा संचालन तिब्र गतिमा भैरहेको बताउदै यसले भरतपुरको विकास र पहिचान बढेको बताईन् ।

रिसोर्ट सञ्चालन शुरूसगैँ आन्तरिक पर्यटकको आकर्षण देखिएको रिर्सोटमा देखिएको रिसोर्टका प्रवन्ध निर्देशक तेज प्रसाद घिमिरेले बताए । अहिले त आन्तरिक पर्यटक मात्र छन्, उनले भने, ‘यहाँको सेवा सुविधा तथा सौन्दर्यले नै विदेशी पर्यटकहरूलाई थप आकर्षित गर्ने निश्चित छ ।’
तीन बर्ष लगाएर निर्माण सम्पन्न भएको रिर्सोट साढे १७ कट्टठा क्षेत्रफलमा फैलिएको रिर्सोटका अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिए । भरतपुर एयरर्पोटको पश्चिमी भागसगैँ जोडिएको रिर्सोटमा करोड बढी लगानी भैसकेको उनले बताए । साथै समयमा माग अनुसार थप विस्तार गर्ने उनको भनाई छ । रिसोर्टमा २८ वटा लक्जरियस कोठाहरु रहेका छन् भने डिजिटल बार, स्वीमिङ पुल, रुफटप रेष्टुरेन्ट, डायनिङ रेष्टुरेन्ट, व्याङक्वेट हल रहेका छन् ।
रिसोर्टका संचालक शिव ढकालले गुणस्तरीय सेवा प्रदान गर्ने उद्देश्यले रिसोर्ट संचालनमा ल्याइएको बताए। ‘भरतपुर विमानस्थलसँगै जोडिएकाले पाहुनाहरुका लागि थप सहज हुने छ’, उनले भने। रिसोर्ट सञ्चालनमा आएसगैँ ३२ जनाले रोजगारी पाएका छन् । रिसोर्टमा १ हजार बढी क्षमताको व्यान्क्युट हल, २५ देखि ५० जनासम्म अट्ने क्षमताका मिटिङ हल, सेमीनार हल छन् । २८ वटा लक्जरी रुममा एकै रातमा ६० जना सम्म बस्न मिल्छ ।
डाइनिङ रेष्टुरेण्ट, रुफटप रेष्टुरेण्ट, डिजिटल बार, आकर्षक स्वीमिङ पुल लगायतका संरचना छन् । घिमिरेका अनुसार खानपानीका पारखी देखि कार्यक्रम, उत्सव गर्न चाहनेका लागि रिसोर्ट उपयोगी हुने बताए । रिसोर्ट एयरपोर्टको छेउमै रहेकाले विमान उडान र अवतरण गरेको दृश्य नजिकैबाट नियाल्न सकिनेछ । २५ देखि ५० वर्ष उमेर समूहका धेरै लाभान्वित हुने सञ्चालकहरुको दावी छ ।
उद्धघाटन कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी नेकपाका वागमती प्रदेश सदस्य बद्री तिमिल्सेनाले सुविधा सम्पन्न होटल सञ्चालन संगै समग्र चितवनको बिकासमा एउटा इट्टा थपियको बताउदै होटलको सफलताको शुभकामना दिए ।
यस्तै उद्योग वाणिज्य सघं चितवनका अध्यक्ष राजु श्रेष्ठले रिसोर्टले चितवनको पर्यटन विकासमा महत्वपूर्ण हुने बताउदै सेवा प्रवाहलाई चुस्त दुरूस्त बनाउन सञ्चालकहरूलाई आग्रह गरे । यस्तै चितवन उद्योग संघका अध्यक्ष राजु पौडेलले समग्र विकास र अर्थतन्त्रलाई चलायमान बनाउन सेवा क्षेत्रको महत्वपूर्ण भुमिका हुने बताउदै गुणस्तरीय सेवा प्रवाह गर्दै सेवाग्राहीको मन जित्ने बताए ।
यस्तै पर्यटनकर्मी केशव दवकोटाले पर्यटन क्षेत्रको केन्द्र बन्दै गएको चितवनमा थपिएको यो रिसोर्ट एउटा आयम भएको भन्दै होटल सफलताको कामना व्यक्त गरे ।रिसोर्टमा पर्याप्त पार्किङ तथा स्वीमिङ पूलको सुविधा पनि छ ।






















