बोकेर हजारौं सबाल तिम्रो दैलोमा आउछन्
बनेर परिवर्तनको छाल तिम्रो दैलोमा आउछन्
तिम्रो यहीँ बुर्जुवा व्यवस्था जलाउनकै लागि
जनता बोकेर मसाल तिम्रो दैलोमा आउछन्
तिम्ले जति दमन गरेपनी जति प्रतिकार गरेपनि
पक्का छ बनेर सतिसाल तिम्रो दैलोमा आउछ्न्
यी ताता सडकहरुमा तातै रगतहरु बगाउदैँ
भत्काउदैँ अन्यायको पर्खाल तिम्रो दैलोमा आउछन्
एक न एकदिन त उठ्नेछ्न यी भोका बस्तिहरु
अहिले नभए अर्को साल तिम्रो दैलोमा आउछ्न् ।।
गजलकार बिकास बराल
भरतपुर ६ चितवन





















