काठमाडौँ / नेकपाको दाहाल-नेपाल पक्षको स्थायी कमिटी बैठकले केपी शर्मा ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई अध्यक्ष बनाउने प्रस्ताव गरेको छ ।
बबरमहलमा मंगलबार बसेको बैठकले यस्तो निर्णय गरेको बैठकमा सहभागी स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । उनका अनुसार दाहाल र नेपालले पालैपालो अध्यक्षता गर्ने प्रस्ताव गरिएको छ ।
स्थायी कमिटी बैठकलगत्तै त्यहीँ ठाउँमा यो समूहको केन्द्रीय कमिटी बैठक बस्दै छ । बैठकले ओली समूहलाई कारबाहीको औपचारिक निर्णय गर्ने भएको छ ।





















