काठमाडौं / मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार गरेको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ रिट दायर भएको छ।
हिजो र आज गरेर दायर भएका १३ रिट सर्वाेच्च अदालतको संवैधानिक इजालसमा दर्ता भएको हो। रिटमाथि आगामी ८ गते सुनुवाइ र संवैधानिक इजलासमा बुधबार र शुक्रबार बहस हुने बताइएको छ। संवैधानिक इजालसमा रहेका पाँच न्यायाधीशले संवैधानिक इजलासमा प्रधानन्यायाधीश सहित पाँच जना न्यायाधीश रहन्छन्। संवैधानिक इजलासका लागि सर्वाेच्च अदालतले तयार पारेको रोष्टरका १० न्यायाधीशमध्ये चार न्यायाधीश प्रधानन्यायाधीशले छान्नेछन्।
संवैधानिक इजलासका लागि तयार भएको रोष्टरमा न्यायाधीशहरू दीपक कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भर श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, आनन्दमोहन भट्टराई, अनिल सिन्हा, प्रकाश सिंह राउत र सपना प्रधान मल्ल छन्।





















