काठमाडौं / गृहमन्त्री रामबहादुर थापा बादलले सहसचिव र उपसचिव गरी १८ जना उपसचिवको सरूवा गरेका छन ।
गृहको सरूवा सूचीअनुसार ललितपुरमा प्रमुख जिल्ला अधिकारीमा ढुण्डीप्रसाद निरौलाको सरूवा भएको छ।
ललितपुरका नारायणप्रसाद भट्ट प्रदेश नम्बर ३ को सचिव पठाइएको छ। गृहको सरुवा अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको महोत्तरी सरूवा भएको छ।






















