काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवक्ता नारायणकाजी श्रेष्ठले कोरोना संक्रमणको कारण निधन भएका नेकपा नेता कमानसिंह लामाको व्यवसायिक मामिलामा आफूलाई जोडेर चरित्र हत्या गर्न खोजिएको बताएका छन्।
प्रवक्ता श्रेष्ठले लामाले सञ्चालन गर्ने योजना बनाएको प्रोजेक्टमा देखिएको विवादबारे आफुले समाधान गर्न प्रयास मात्रै गरेको बताएका छन् ।
‘उनले भनेका छन् मेरो कमानजीसँग आर्थिक लेनदेन पनि होइन। त्यो प्रोजेक्टसँग मेरो सम्बन्ध पनि होइन। उहाँ आएर लौन मिलाइदिनुस् भनेको भएर मैले मिल्नुस् भनेको मात्र हो’, ‘त्यो बाहेक मेरो न आर्थिक संलग्नता छ, न प्रोजेक्टसँग छ, न कमानजीसँग छ। मेरो त मिल्नुस भन्ने बाहेक अरू केही पनि होइन उनले भने ।
आफूले मिलाउन प्रयास गरेको भिडिओ नै सार्वजनिक हुँदा समेत आफुमाथि षडयन्त्रपूर्वक ढंगले आक्रमण भएको उनले बताए।
उनले भने जुन प्रकारको षडयन्त्रपूर्वक ढंगले प्रहार भइरहेको छ यो दुःखद छ । कम्युनिष्ट आन्दोलनमा देखिएको भ्रष्टचार र भ्रष्टिकरणका विरुद्धमा मैले आन्दोलन चलाइरहेको छु। त्यसलाई कमजोर पार्ने प्रयास हो।म यसबाट बिचलित हुदिन।’





















