काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको सर्वदलीय बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजा सहितको लोकतन्त्र र हिन्दु राज्यबारे छलफल गर्न सर्वदलीय बैठक राख्न माग गरेको छ।
प्रधानमन्त्रीले बालुवाटारमा बोलाएकाे सर्वदलीय बैठकमा राप्रपाले नैतिक समर्थन रहेको नेता दीपक बोहोराले बताए। पछिल्ला केही दिनयता गणतन्त्रको विरोध गर्दै सडकमा राजतन्त्रको पक्षमा नारा लाग्न सुरु गरेपछि प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेका थिए।
‘प्रधानमन्त्रीको आह्वानका सर्वदलीय बैठक बोलाइएको थियो। बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो,’ उनले भने, ‘संविधान बनाउँदा चौथो पात्र थियो। संविधानप्रति समर्थन छ’, उनले भने।
राजासहितको लोकतन्त्र र हिन्दु राष्ट्र कायम गर्नेका लागि सर्वदलीय बैठकबाट छलफल गर्नुपर्ने राप्रपाको तर्फबाट प्रस्ताव भएको उनले बताए। त्यसबारे प्रधानमन्त्री ओली र अन्य दलको तर्फबाट कुनै जवाफ नआएको उनले बताए।
सर्वदलीय बैठकमा राप्रपा नेताहरुले कोभिड नियन्त्रणमा सरकार असफल बताएको र भ्याक्सिन निःशुल्क उपलब्ध गराउनुपर्ने मागसमेत गरेको थियो। यता, प्रमुख प्रतिपक्षी कांग्रेसका नेताहरुले पनि सरकारको कारणले नै राजावादीहरु सडकमा आएको बताएको थियो।





















