गोरखा / गोरखामा सडक निर्माणको काम गर्ने एक मजदुरको पहिरोमा परी मृत्यू भएको छ । नेपाली सेनाले निर्माण गरिरहेको बेनिघाट, आरुघाट लार्के सडकमा काम गर्ने जुनीचाँदे गाउँपालिका ५ जाजारकोटका २६ बर्षका नरेन्द्र शाहीको मृत्यू भएको प्रहरीले जनाएको छ ।
धार्चे गाउँपालिका ३ तातोपानी खण्डमा आइतबार दिउसो तीनबजे झरेको पहिरो पन्छ्याउने क्रममा माथिबाट झरेको पहिरोले शाहीको मृत्यू भएको स्थानीय डिलबहादुर गुरुङले जानकारी दिए । अरु दुई जना घाइते भएका गुरुङले बताए । शव पोष्टमार्टमका लागि हिजो सोमबार आरुघाटतर्फ लगेकोे छ ।





















