काठमाडौं / प्रधानमन्त्री तथा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी बैठकमा आफू उपस्थित हुन नसक्ने जानकारी पत्रमार्फत् पठाएका छन्। ओलीले उनले सचिवालय सदस्य ईश्वर पोखरेलमार्फत् बैठकमा पत्र भने पठाएका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रस्तावमाथि औपचारिक रूपमा छलफल गर्न नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले पत्र पठाएका हुन्।
अध्यक्ष ओलीको उक्त पत्र सचिवालय सदस्य ईश्वर पोखरेलले स्थायी कमिटी बैठकमा वाचन गरेर सुनाएका थिए।
यसअघि बसेको सचिवालय बैठकमा स्थायी समिति बैठकलाई ‘रत्यौली’ को संज्ञा दिएका उनले पत्रमा नेकपा बाह्य कारणले नभएर महाधिवेशनभन्दा बाहिरबाट नेतृत्व परिवर्तन गर्न खोज्ने र निर्वाचनबाहिरबाट सरकार बदल्न खोज्ने केही कमरेडहरुको व्यग्र नेतृत्व मोह र सत्तामोहका कारण निम्तिएको आरोप लगाएका छन् ।
अध्यक्ष ओलीले आफूलाई स्थायी कमिटीका सदस्यको सामूहिक विवेकमाथि विश्वास रहेको जनाउँदै गतः भदौ २६ गते उक्त कमिटीले पार्टीलाई यस्तै सङ्कटबाट सकुशल अवतरण गराएको पनि स्मरण गरेका छन् ।























