चितवन / चितवनको भरतपुर महानगरपालिकामा अन्तत सिटी हलका निर्माण हुने पक्का भएको छ । यसअघि स्थान अभाव सहित विविध कारणले सुरु हुन नसकेको सिटी निर्माणको लागि आज ठेक्का सम्झौता भए सगैँ सिटी हल निर्माण पक्का भएको हो । जसका लागि ईण्डो सगुन जेबि रुपन्दही र शहरी विकास डिभिजन चितवन विच सम्झैता समेत भएको छ ।
भरतपुर महानगरपालिकाको वडा नम्बर १० मा जिल्ला समवन्य समितिको स्वमित्वमा रहेको जग्गामा सिटी हल निर्माण गरिने र आज निर्माण सम्झौता भएको मेयर रेनु दाहालले जानकारी दिईन् । भरतपुरको विकासमा एकपछि अर्को गर्दै मेयर रेनुले फेरि अर्को गौरव आयोजनाको रुपमा सिटी हल निर्माण गर्न निकै लामो समयदेखि संघर्षरत दिईन् ।
सिटि हल १ अर्ब ५९ करोड ६७ लाख रुपैयाँ माग गरिएकोमा बहुवर्षिय योजना अनुसार पहिलो वर्षमा रु ७१ करोड ७० लाख खर्च गरि काम सुरु गर्न लागिएको हो । साथै केहिदिनमा औपचारिक शिलन्यास गरि सिटि हल निर्माण शुभारम्भ हुने मेयर रेनुले बताईन् । सिटि हल जिससको स्वमित्वमा रहेको ४ विघा ४ कठ्ठा जग्गामा आधुनिक प्रविधिबाट निर्माण हुदैछ ।
सिटी हलको अहिले (विस्तृत परियोजना प्रतिवेदन) डिपिआर पुरा भई वातवरणीय मूल्याङकन प्रतिवेदन इएआई को समेत पुरा गरेपछि ठेक्का सम्झौता भएको हो । सिटी हल ३ वर्षको अवधी निर्माण बन्ने छ । अन्तिर्राष्ट्रिय मोडलमा बन्न लागेको हलमा छुट्टा छुट्टै ७ वटा ठूला साना हलहरु हुनेछन् ।
सिटी हलमा २ हजारदेखि ३ सयसम्म मानिस अट्ने हलहरु रहने छन् । भरतपुरको प्रर्दशनी केन्द्र नजिकै बन्ने सिटी हलले भरतपुरको विकासमा थप टेवा पुग्ने विश्वास लिइएको छ । हल बाहेक आधुनिक फुड कोट, आईटी रुम, प्रशासनिक कोठा, गेष्ठ रुम रहने छन् । लामो समयसम्म सिटी हल निर्माण गर्ने ठाँउ एकिन नभएपछि भरतपुर महानगरपालिकालाई सरकारबाट ५० करोड रूपैयाँ बजेट फ्रिज हुन पुगेको थियो ।
भने हाल भरतपुरमा मेयर रेनुकै पहलमा नारायणी नदीमा तटबन्ध सहितको रिंगरोड, हुलाकी सडक, पुलचोकदेखि गोन्द्राङ्गसम्म हरियालीसहितको ६ लेन सडक, वाइपास सडकको विस्तार, क्रिकेट रंगशाला निर्माणको काम तीव्र रुपमा अगाडी बढिरहेको छ ।
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गर्दै आएको यस क्षेत्रको ७८ विघा जग्गामध्ये भरतपुर महानगरपालिकाले सिटी हल बनाउन ५ विघा जग्गा माग गरेको थियो ।
तर, नेपाली कांग्रेसले वीपीको नाम जोडिएको अस्पतालबाट जग्गा दिन नपाइने भन्दै विरोध गरेपछि महानगरपालिका पछि हटेको थियो । कांग्रेसको जिल्ला देखि केन्द्रीय नेतृत्वसम्मले अस्पतालको जग्गा महानगरलाई दिन नमिल्ने भन्दै आन्दोलनको धम्की दिएको थियो ।





















