काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’बीच भेटवार्ता भएको छ । पार्टीभित्र बढेको विवादका बीच प्रचण्ड राष्ट्रपति भण्डारीलाई भेट्न बिहीवार साँझ राष्ट्पति भेट्न शीतल निवास पुगेका थिए ।
आजै बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति भण्डारी बीच पनि भेटवार्ता भएको थियो। प्रधानमन्त्री ओली र राष्ट्रपतिबीच करिब २ घण्टा भेटवार्ता भएको थियो । राष्ट्पति र अध्यक्ष प्रचण्डबीच भने करिब एक घण्टा भेटवार्ता भएको छ । नेकपामा विवाद बढ्ने बित्तिकै नेताहरु शीतलनिवास जाने गरेका छन् ।





















