असारे रोपाइँमा सरिकमा जाने नजाने सबैले दही चिउरा खाएर असार १५ मनाउँदै छन् । आजैको दिनमा दही चिउरा खाने दिनका रूपमा सबै मनाउने गरेको पाईन्छ ।असार १५मा मानो रोपेर मुरी उब्जाउने यो दिन खेतमा धान रोपिन्छ । किसानले हिलो खेल्दै खाजा खाने समयमा दही चिउरा खाएर असारे भाकामा गीत गाई रमाईलो गरि यो दिन मनाउने पुरानो प्रचलन छ । वैद्यराज सुवर्ण वैद्यका भनाई अनुसार दही र चिउराले शरीरमा ऊर्जा र शीतलता प्रदान गर्नुका साथै दही पाचन प्रणालीका लागि निकै राम्रो खाद्य पदार्थ भएकाले अरू बेला पनि दही खानु स्वास्थ्यवद्र्धक हुने उहांको भनाई रहेको छ।सरकारले २०६२ सालदेखि यो दिनलाई धान दिवसका रूपमा मनाउन थालेको हो । असार १५ मा किन दही चिउरा खाइन्छ ?
माथि उल्लेख गरिएझैं दही चिउरा खानु एउटा पुरानो परम्परा भएपनि यो संस्कृतिकै रुपमा विकास भइसकेको छ । यसलाई आज सबैले दहि चिउरा खेतलालाई दिई मनोरञजन गरि हिलो क्षेपि यो दिन मनाउछ,भनाई नै छ, ‘१५ असार मा दही चिउरा ,१५ साउनमा खिर ’ यतिमात्रै होइन, जनैपूर्णिमामा क्वाटी, माघेसक्रन्तीमा तरुल, घिउ , चाकु आदी खाइने परम्परा छ ।
यी सबै सांस्कृतिक परम्परा भएको र असार १५ पनि एक हो भने यी सबै विषेश अवसरको आफ्नै महत्वको रहेको पाईन्छ ।अरु अवसरको महत्व जेजस्तो भएपनि असार १५ को दिन दही चिउरा खानाले काममा जाँगर आउने, शरीरको आलश्यता हट्ने र रोपाइँ कार्यका लागि शरीर फूर्तिलो हुने जनविश्वास रहेको पाईन्छ ।
यसै पनि गर्मी र बाफिलो मौसम त्यसमा दही चिउरा खाँदा शीतलता निश्चयनै पक्कै प्रदान गर्छ नै ।दहिमा कार्बोहाइड्रेट , चिनी र बोसोको मात्रा न्यून हुने हुनाले यसले धेरै अलस्य गराउदैन कारण पनि रहेको छ। दहीमा शरीरलाई चिसो राख्ने एक प्रकारको इन्जाईम हुन्छ भनने बिज्ञेहरुको दावि छ। जसले शरीरलाई फाइदा गर्छ ।असारको गर्मीमा खेतमा धान रोप्दा दही चिउरा खानाले शरिरलाई सन्तुलित राखने र दहिमा भिटामिन बी र सी पनि हुने हुनाले दही खानाले काम गर्न शक्ती र जोश पनि प्रदान गर्छ ।हाम्रो संस्कृतिमा पनि दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा रहेको छ।
यस्ता शुभकाममा निस्कनु अघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । एउटा मिथ्या छ– गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेका थिए ।आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ । दहीले पाचन शक्ति पनि बढाउँछ । पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ ।यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहद् रुप लिएको हो भनने धामिक परम्परा रहेको छ ।
१५ असारमा दही चिउरा ,१५ साउनमा खिर
१५ असारमा दही चिउरा ,१५ साउनमा खिर
"जन आवाज "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















