पोखरा / कास्की प्रहरीले बलात्कारको घटनामा एक युवकलाई पक्राउ गरेको छ। मंसिर ९ गते मगलवार राती ११ बजेको समयमा सुति रहेको अवस्थामा पोखरा १९ पुरन्चौरका ३४ वर्षीय घनश्याम गिरीले एकल वृद्धालाई मौका छोपी जबरजस्ती गरेका हुन।
जवरजस्ती गरेको आरोपमा कास्की प्रहरीले नियन्त्रणमा लिएर कानुनी कारवाही सुरु गरेको छ।
उनीविरुद्ध जबरजस्ती करणी उद्योग कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको कास्की प्रहरीले जनाएको छ।





















