काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक अकाउन्ट खोलेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो।
प्रधानमन्त्रीको सचिवालय सदस्यका अनुसार प्रधानमन्त्रीका धारणाहरू लोकप्रिय बनेको टिकटकबाट पनि जनतामा पुर्याउनका लागि अकाउन्ट सञ्चालमा ल्याइएको हो । टिकटकले प्रधानमन्त्रीको अकाउन्ट भेरिफाइ गरिसकेको छ।
प्रधानमन्त्रीको पहिलो भिडिओमा एक लाख भन्दा बढी भ्युज कटेको छ।





















