हामी नेपालिहरु खोक्रो रास्ट्रबाद र देखावटी देसप्रेममा डुबेका छौ । देस आत्मनिर्भर हुनु पर्छ मुखले भन्छौ तर ब्यबहारमा त्यो काम गर्दैनौ । गाउँघरमा खेत बाझो राखेर घर अगाडि करेसाबारीमा तरकारी लगाउन अल्छि मानेर किनेर खान्छौ । बरु कुकुर पालेर बिहानै सडक र अरुको घर नजिक फोहोर गर्न आनन्द मान्छौ तर गाई भैसि वा बाख्रा पालेर आत्मनिरभर हुन चाहान्नौ । खेति किसान लगाएत कृषि पेसामा लागेका मानिस हरुलाई प्रोत्साहन गर्ने वा उनिहरुको समस्यामा अवाज उठाउने कोशिश पनि गर्दैनौ । समाजमा कृषि पेशामा लागेका ब्यक्तिहरुलाई हेर्ने दृस्टिकोण नै गलत छ र त हाम्रा अग्रज र हामिहरु पनि छोराछोरी विबाह गर्दा पाए सम्म कृषि पेसा भन्दा जागिर वा अन्य पेशा अगालेका घर परिवार खोज्ने प्रयास गर्दछौ । देसमा २४ अर्ब भन्दा बढिको धान बर्षेनि भारत बाट आयात हुने अध्ययनले देखाउछ भने फलफुल, तेल, दाल लगाएत अन्य खाध्य समाग्रीको हिसाब गर्ने हो भने हामि नेपालिहरु कुन अवस्थामा छौ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । देस बिकास गर्नु छ र आत्मनिरभर बन्नु छ भने ढिलो नगरि कृषि पेशा लाई उध्योगको रुपमा बिकसित गर्दै आधुनिक प्रबिधिबाट कृषि गर्न किसानहरु लाई प्रेरित गर्नु पर्छ । किसानको समस्याहरु समाधान गर्न, समयमा मल, बिउ र सिचाईको ब्यबस्था गर्न र सम्बन्धित निकाय तथा सरकारलाई दबाब र खबरदारीको पहल हामि जनस्तर बाट गर्न जरुरी छ् र हाम्रो कर्तब्य पनि हो । खालि सहर बजारमा बस्ने, चिया पसलमा गफ गरेर , राजनीतिक झोले सद्स्य बनेर, आफुलाई बुद्धिजिवि भन्दै गफ चुटेर न देस बिकास हुन्छ न त आत्मनिर्भर नै बन्न सकिन्छ ।सबै तह र तप्का बाट प्रण गरौ र अगाडि बढौ यहि नै धान दिवसको शुभकामना 🙏🙏
जय किसान जय धान दिवस
जय किसान जय धान दिवस
"जन आवाज "
तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु





















