हाम्रो नेपालमा पनि वल्ल जनावरलाई ८ घण्टा भन्दा वढि काममा लगाउन नपाईने र यातना पनि दिन नपाईने कानून वन्नेवाला छ । जनावरका हक, हित र संरक्षणको लागि अन्तराष्ट्रिय मानव अधिकारवादीहरुले वेला वेलामा आवाज वुलन्द वनाएका छन् तथापि हाम्रो देशमा यसलाई पसुपंक्षीको अधिकारको विषयमा धेरै पछि रहेका छौं । यसमा सरकार तथा सम्वद्ध पक्षले चनाखो पूर्वक सचेत भई पसुपंक्षीको हक हित र वध गर्दा याताना विहिन रुपमा गर्न नैतिक वा कानूनी वलको पनि आवश्यकता छ । यस तर्फ विधायकहरु सचेत भई अग्रसर हुन जरुली पनि छ । लाटाका सन्तानको स्थान पाएका पशु–पंक्षी र वाठाँको सन्तानको पुस्तामा रमाएका मानव समुदायहरु विश्वमा छरिएर रहेका छन् ।
यसै छरिईरहेको जीव जन्तु र पशुपक्षीहरुलाई मानव समुदायले प्रयोग गर्ने मनोरन्जन लिने, काममा लगाउने अनि यिनका खुन, पसिना र मासु खाने प्रकृया परम्परावाट जारी छ । कसैले यसको व्यवसाय नै चलाएका छन् भने कतिले पशु–पंक्षी मारकाटको उदेश्यले पालन पनि गरेका छन् । त्यसैगरी नेपालका किसानहरु पनि आत्मनिर्भर दैनिक जीवन चलाउनका लागि विभिन्न पेशा व्यवसाय गरी आएका छन् । देशमा खपत हुने मासुका श्रोतहरुको पनि नेपालले व्यवसाय गरेको छ । कुखुराको राजधानीको रुपमा चितवन जिल्ला चिनिन्छ भने अन्य जिल्लाहरु पनि देशमा खपत हुने मासु वजारका सहयोगी हुन् । कुखुरामा पनि वोईलर्स, हव्वड, लोकल जस्ता प्रकारहरु छन् । यसको प्रकारको आधारमा मूल्य निर्धारण हुन्छ । भैसीं, रागाँ, पाडो, थोरे भैंसी पनि भैंसी जातीमा पर्दछन् । यसको पनि प्रकारको आधारमा नै मूल्य निर्धारण हुन्छ । भेंडा, च्याङ्ग्रा, वोका, पाठा, खसी, वुढी वाख्रा, वैला वाख्रा आदि पनि मासुकै प्रकार हुन् र यसको मूल्य पनि पशु अनुुसार राखिन्छ । याक, चौरी पनि मासुका श्रोतहरु हुन् । वुङ्गुर,सुङ्गुर तथा वनेल पनि मासुका श्रोतहरु हुन् ।
जंगलमा रहेका मृग,घोरल,वनेल,हरिण,जरायो आदि पनि मासुका श्रोत्र हुन् तर कतिपय जंगली जनावरहरु राज्यको कानूनवाट मासुको तत्वको रुपमा प्रयोग गर्न तथा गराउन वन्चित छ । माछा, गंगटा, घुगींहरु पनि माछा मासुका श्रोतहरुमा पर्दछन् । अरिंगाल, वच्छ्यूंलाई पनि यसकै हाराहारीमा राखेको पनि पाईन्छ । यस भन्दा अन्य पशु पंक्षिहरु पनि मानवले मासुको रुपमा प्रयोग गर्ने गरेका छन् । देश अनुुसार विभिन्न पशुहरु मानवले मासुको रुपमा प्रयोग गर्दछन् । यी पशुहरुलाई हुर्काउने वढाउने र खाने पनि मानिसै हुन् । जुधाएर वा अन्य अप्राकृतिक कार्यमा लगाएर मनोरन्जल र लाभ लिने पनि जिउँदा मानव हुन् । जीउँदो मानवलाई सायद वाघ समूहका जनावरले मात्र खान सक्छ । मरेका मानवलाई स्याल ,फ्याउरो जस्ता जनावर र नदी वा समुन्द्रमा पुगेमा माछा समूहले खान सक्छन् । तर जीउँंदो मानवलाई आक्रमण गर्ने वाघले पनि मानवलाई त्यति वढि यातना नदिई उसले खान सक्छ । तर हामी मानव, हामीले नै हुर्काई वढाई गरेका हाम्रा घरपालुवा पशुपंक्षीहरुलाई र यस्ता हाम्रा मासुका आहाराका पशु पंक्षीलाई अति कु्रर यातना दिएर मार्छौ र रमाई रमाई यसलाई खान सक्छौं र खै त हाम्रो मानवता र वास्तवमा यस्ता पशु पंक्षी मानव भन्दा पनि गुनिला हुन्छन् । यिनीहरुको चेतना पनि वढि हुन्छ । यिनीहरु आफ्ना मालिकलाई जहाँ पनि चिन्छन् । आफ्नो घर सम्झेर आउन पनि सक्छन्
। घरको मान्छे देख्ने वित्तिकै चिनेको भाव प्रकट गर्छन् । आपत परेको वेलामा साथ दिन्छन् । मान्छेलाई गुन दाई पाईला तर पशुलाई १ वर्ष भन्ने सत्यतालाई पनि हामी किन विर्सन्छौं । किन हामी यसैलाई कु्रर यातना दिएर रमाई रमाई खान र यसैवाट जीविका निर्वाह गर्न चाहान्छौं । ठिकै छ , यो परम्परावाट मानवले मासुको रुपमा उपभोग गर्दे आयो र आज पनि गरि रहेको छ । भोली पनि हुनेनै होला । तर पशुपंक्षीको वध गर्दा पनि किन हामी सच्चा नागरिकको कर्तव्य निर्वाह गर्दैनौं । मासु व्यवसाय र भोजन गर्ने मानवले किन सोच्दैनन् होला भोली कोही मानव आजको पशुको जुनी भएर जन्म लियो भने उसलाई आज आफूले गरेको कु्रर यातना पाच्य होला र के उ वोल्न नसक्ने पशुलाई जे जस्तो यातना दिएर मारे पनि उसलाई सरकारले छुट दिन हुन्छ र यसमा मापदण्डको कानून छैन भनेर जे मन लाग्यो त्यही गर्ने छूट कानूनले दिए पनि मानवताले दिन्छ र आजको पशुपंक्षी प्रति गरिने कु्रर व्यवहार त भ्रष्ट प्रशासक र कुशासकलाई हुनु न्याय होला तर यि अवोध पशुपंक्षीलाई लादेर के सच्चा मानवको आत्माले शान्ति पाउँंछ र हामीले भैंसीको दुध १५ औं वर्षसम्म चुसेर वुढी भए पछि, हामीले २) सौं वर्ष हलो र गाढाँ तनाएका रांगाहरु, उस्तै भयो र ताल मिल्यो र नाफा हुने भयो भने गोरु, गाई समेत कसाईलाई विक्री गर्छौं । पशुपंक्षीको मृत्यु गर्न उसको घाँटीकै प्रयोग गर्नु पर्छ । घाँंटीमा वाहेक अन्त हतियार प्रयोग गनुर्’ क्रुर हिंसा हो । फेरी यस्ता अवोध पशुपंक्षीको घांटीमा हतियार प्रयोग गर्न पर्दा पनि त्यस्ता पश’पंक्षीह?लाई यातना रहित रुपमा चाडो मर्ने प्रविधी अंगाल्न’ पर्छ । तर कतै छैन प्रविधी, भाला, मुढा, वन्चरो, ढुंगा,खुकुरी हँसिया, घन आदि नै अहिलेका नेपालको पशुंपंक्षी हत्या गर्ने हतियारहरु हुन्
। आफ्ना कु्रर हत्या हिंसा विरुद्ध तिनीहरुको संगठन मानवको जस्तो गरी वन्न र वोल्न सक्ने भए आजको जिउँदा मानवको जीवनमा ठूलो आक्रमण हुन्थ्यो । तर यी पशुपंक्षी जिउँदा मान्छेले जता लग्यो त्यतै जान्छ र जिउंदा मान्छेको वैज्ञानिक वांदछाँदको जालोमा पर्छन् । हरेक राज्यमा स्थानिय प्रशासन हुन्छ तर यसले मासु व्यवस्थापन तथा पशुपंक्षीको वध गर्ने सम्वन्धमा कुनै नियम , रेखदेख गर्दैन । यस्ता क्षेत्रमा स्थानिय प्रशासनले पनि हेर्नु पर्ने हुन्छ । तर खोई यस्ता प्रशासनको रेखदेख र शहर वजारमा हरेक दिन सयौं पशु वध गरिन्छ । यसलाई ठूलो माल र सानो माल भनि वर्गीकरण गरिन्छ । मानवले पशुपन्छीलाई मात्र हैन मानवले मानवलाई आफ्नो व्यक्तिगत र संस्थागत हितको लागि वा वदलाको भाव राखी गर्ने चरम आतंककारी व्यवहार र दृश्यले पनि विश्व मानवमा मानवता हराउन थाल्यो । यस्तो रांगा, भैसीहरुलाई यसरी मालको प्रकारमा विभाजन गर्नेहरु प्रति दिन प्रति रांगा भैसी वध गरी वनाई दिए वापत १ किलो मासु, खुट्टा, वोसो र रु ५०० अनि २ वोतल रक्सी सम्म पाउंदा रहेछन् । रक्सी नखाई वध गर्न पनि तयार प्रायः हुदाँ रहेनछन् । यस्ता मालहरुलाई खामा वा सटर जस्तो स्थानमा छिराउंदा रहेछन् । मालको घाटींमा डोरी वा नाक छेडेकोलाई नाके डोरी समेत अघिल्लो किलामा वान्दा रहेछन् । सिङमा फेरी डोरीले वाँधी अगाडीको किलामा वाध्दाँ रहेछन् । त्यसपछि कालो टालाको चस्माले आँखा वन्द गर्दा रहेछन् । अगाडिको खुट्टा वाध्दा रहेछन् र अगाडि एक जना घन लिएर वस्दो रहेछ । पछाडी अर्को घन लिएर वस्दो रहेछ । अगाडीको साईडमा चुपी लिएर एउटा वस्दो रहेछ । यस्ता माल ढाल्न एकसाथ ३ जना तयार हालतमा वस्दा रहेछन् । रक्सीको नसामा अगाडीकोले दुई सिङ्को विचमा घनले हान्दो रहेछ । ३ पटक हान्दा अगाडिको खुट्टा वाधेको कारण यातना सहन नसकी ढलेमा घाटीमा चुपी रोपीदो रहेछ । नढलेमा अगाडी र पछाडीले मन लाग्दि अगाडीकोले टोकाको वीचमा र पछाडीकाले ढन्डेसोमा वर्साउदो रहेछ । यसरी ठूलो माल मार्न शास्ति हुँदो रहेछ । यस्ता माल मोनर्’ भन्दा अगावै छाला काढ्न तर्फ ध्यान केन्द्रित हुँदो रहेछ । यसरी यो माल मार्न पनि कम्तीमा १० मिनेट सम्म लाग्दो रहेछ । यसरी मारेको पशुको उचित सरसफाई नगरी टुक्राउन तिर लाग्दो रहेछ । यसरी यसमा रोजगारीको लागि यस्ता कु्रर कार्य गर्नेै पर्ने कसाईहरु , आम्दानी गर्ने मासु व्यवसायीहरु र यही मासु चाहिने उपभोक्तहरु कसैले पनि पशु अधिकारको वारेमा खोई सचेत भएको र संसारमा मानवको भन्दा अरुको अधिकार हुदैन र किन हामी मानवले पशुले गर्ने व्यवहार गरि रहेको ? तराई तथा भारतको नाकावाट हाम्रो देशको राजधानी लगाएतको स्थानमा दैनिक खपत हुने र भैंसी गाढीले वोक्ने रागां, भैसीको कु्ररता देख्दा हाम्रो मन किन रुदैन ?
काठमाण्डौ जाँदा वाटाको दुश्य के सच्चा दिलवाला मानवले सहन सक्ने खालको छ र सानो ढाँउंमा धेरै संख्यामा रागां भैसाी लोड गरिन्छ । कोही रागां भैसी वसेमा वा ठूलो ढांउ लिएमा व्यापारिलाई घेरै आम्दानी हुदैन । त्यसैले मुङ्ग्राले नाक र मुखमा थिलथिलो पारेर काडमाण्डौ उतारिन्छ । त्यहाँ पुग्दा त्यस्ता पशु अर्ध मृत भई सकेका हुन्छन् , कोही विच वाटोमै मरि सकेका हुन्छन् । कोही दुहुना हुन्छन् । कोही वेउनी पनि हुन्छन् । कोही रोगी हुन्छन् खोई यसको छानवीन ? यस्ता अस्वस्थकर मासुको वजारमा खोई रेखदेख र कारवाही ? अव यसलाई अझै याताना दिएर मारिन्छ । यसको सरसफाई पनि राम्रो ह’न सक्दैन । यो पनि मानवता र स्वास्थ्यको हिसावले हानीकारक छ । यसलाई सम्वन्धित जिल्ला प्रहरी कार्यालय तथा ट्राफीक प्रहरी कार्यालयले हेर्न पर्दैन ? के यसमा सार्वजनिक भाडाको सवारीमा निश्चित सिट संख्या भए जस्तो, मालवाहाक द्रकमा चक्का अनुसार टनको क्षमता भए जस्तो गरी यस्ता भैंसे ट्रकहरुलाई पनि साईजको आधारले यति सम्म रागां, भैसी ओसार पसार गर्न पाउने नियम वनाई लागू गर्न सकिन्न ? पंक्षीजन्य मासुका प्रकारहरुलाई पनि यसको ढाढमा हानी म’खवाट रकत छदाई मारिन्छ ।
यो कार्य पशुपंक्षीको शरिर भित्र रगत जमाउँदा यसको तौल वढ्ने र यसवाट नाफा ह’ने ध्यानमा व्यवहार हुन्छ । यहाँ रकमी कुरा आयो र पशुपंक्षीको वधमा कु्रर याताना र उपभोक्ताको स्वास्थ्यमा खेलवाड यहींवाट शुरु भयो । प्रकृतिले मार्नको लागि जीवात्मालाई घांटी दिएको छ तर हामी मानव त्यस्ता पशुपक्ष्ीाको घाटीको प्रयोग गरी हत्या नगरी आफूलाई सजिलो र फाईदाको चक्करमा परि यस्ता अवोध पशुपंक्षीको ज्यान खाईरहेका हुन्छौ । प्रकृतीका यस्ता पशुपंक्षीहरुलाई प्रकृतिरुपी घाटीवाटै उच्च स्तरको प्रविधीवाट वध गर्ने व्यवस्था र यसको कठोर कार्यान्वयनमा ध्यान दिने तर्फ सवै हामी मानवहरुले सोचौं । नाफाको लागि हामी मानवले जस्तो सुकै काम पनि गरेका छौं । यो नितान्त मानवले गर्न नह’ने काम हो । मानवताले काम र व्यवसाय गर्दा धर्म , परोपकार र नैतिकताको पनि ख्याल गर्नु पर्दछ । मानव भन्दा गुनिलो पशुपंक्षिलाई मानवले दानवताको व्यवहार गर्न छोड्नु आजको विश्व मानवको लागि अनिवार्य भई सकेको छ । विश्वमा रहेको करिव ७ अर्व मानवको जनसंख्या भई सकेको र विश्वको प्रकृतिले करिव ५ अरव मानवको मात्र पालन पोषण गर्न सक्ने अवस्था रहेको हुँदा मानवले पशुपन्छी मात्र हैन मानव माथि आफू वाच्न र आफ्नो अस्तित्व वचाउन गरेका अमानविय गतिविधि र हर्कतवाट पनि विश्व मानव सजक र सचेत हुन जरुरी छ ।
(लेखक ः हरि मैनाली अधिवक्ता तथा नोटरी पव्लिक आधिकारिक अनुवादक हुनुहुन्छ )





















