चितवन / चितवनमा सोमबार साँझ मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत पूर्वी चितवनको राप्ती नगरपालिका ६ हर्दिमा ग्यास बुलेटले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको हो ।
प्रहरीले ग्यास बुलेटलाई नियन्त्रणमा लिएको छ । प्रदेश नं.३ ०३–००२ प ११८ नम्बरको मोटरसाइकललाई ग्यास बुलेटले ठक्कर दिएको हो । मृत्यु हुनेमा राप्ती–५ भण्डाराका सचिन दनाई र नवराज दनाई रहेको प्रहरीले जनाएको छ ।दुर्घटना पश्चात स्थानीयले केही बेर राजमार्ग अवरुद्ध पारेका थिए ।





















