चितवन / चितवनको रत्ननगरस्थित टाँडी बजारमा निर्माणाधीन आकाशेपुलमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले डिस्पोज गरेको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापा अनुसार डिस्पोजका क्रममा बम जस्तो देखिने गरी झोलामा ढुंगा राखेर तार जोडिएको फेला परेको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृृत्वको नेकपाको ब्यानरसहित बिहान शंकास्पद वस्तु भेटिएको थियो । पछि त्यस क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको थियो।
शंकास्पद वस्तुसँगै भेटिएको ब्यानरमा सातौं पार्टी पुनर्गठन दिवस भव्यताका साथ सफल पारौं लेखिएको थियो। साथमा हसिया हथौडा अंकित झण्डा पनि भेटिएको थापाले बताए।





















