ओहो !म कस्तो रहेछु
व्यवहार मेरो अज्ञानताले भरिएको छ
बात म बुद्धको जस्तो गर्छु
ओहो !म कस्तो रहेछु
जाने कहाँ होरुगन्तव्य छैन मेरो
अरुको लागि खाडल खन्छु।
ओहो ! म कस्तो रहेछु
म मात्र मान्छे, मेरै वात सहि ठान्छु
मेरा पछि लाग्ने सबै भेडा जस्तै मान्छु।
ओहो ! म कस्तो रहेछु
मेरै इच्छामा दुनियाँ हासोस् भन्छु
गर्धन मेरो होस् तर माला अरुले गासोस् भन्छु
ओहो ! म कस्तो रहेछु
ठुला बात त्यहि ठुलालाई नचाउने गर्छु
खाडलमा धकाल्छु र उठाए झै गर्छु।
ओहो ! म कस्तो रहेछु
स्वार्थ पूरा गर्न कहिले खुट्टा छोइ दिन्छु
मेरै तालमा चलुन भनी गोहीको आँसु रोइदिन्छु
ओहो ! म कस्तो रहेछु
मेरो राज चलोस् भनी जताततै धाइरहन्छु
मेरा दासहरु मरुन या बाचुन म त छाइ रहन्छु
ओहो ! म कस्तो रहेछु
कमजोरलाइ किन्ने आँट गर्छु
किन्न नसके छुट्टै छाँट गर्छु।
ओहो ! म कस्तो रहेछु ?
✍️ देविका कुँवर (सामान्य मान्छे)





















