चितवन / भरतपुर तरकारी तथा फलफूल मण्डीले किसानलाई विना धितो सहुलियत व्याजमा ऋण प्रवाह गर्ने भएको छ ।
तरकारी तथा फलफूल उत्पादन गर्न चाहने चितवनका किसानलाई विना व्याज निश्चित समयका लागि ऋण उपलब्ध गराइने भएको हो । भरतपुर तरकारी तथा फलफूल प्रालिले शनिबार पत्रकार सम्मेलन गर्दै किसानलाई २० हजार देखि ५० हजार रुपैयाँसम्म निब्र्याजे रुपमा ६ महिनाका लागि ऋण उपलब्ध गराइने जनाएको हो ।
प्रालिका अध्यक्ष शम्भु थापाले कृषक समूहलाई एक लाख रुपैयाँसम्म एक वर्षका लागि ६ प्रतिशत व्याजदर तथा एक लाख रुपैयाँ दुई वर्षका लागि ८ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने बताउनुभयो ।
शुक्रबारदेखि भरतपुर १० बाइपास रोडमा सञ्चालनमा आएको सो मण्डीमा ४४ वटा स्टल रहेको भन्दै खुद्रा तथा होलसेल रुपमा ताजा तरकारीहरु बिक्री वितरण गरिने थापाको भनाइ छ । विचौलियाका कारण किसानहरु मर्कामा परेका भन्दै प्रालिका सचिव साजन अधिकारीले किसानहरुले उत्पादन गरेको सम्पूर्ण तरकारीहरु आफूहरुले खरिद गरेर बिक्री गर्ने बताउनुभयो ।
किसानले उत्पादन गरेको तरकारी प्रालिले खरिद गरेर बढीमा १५ प्रतिशत मुनाफा राखेर बिक्री गरिने अधिकारीको भनाइ छ । स्थानीय उत्पादनलाई प्राथमिकता दिनका लागि मण्डी सञ्चालन गरिएको उल्लेख गर्दै प्रालिका प्रबन्ध सञ्चालक कृष्ण शंकर अधिकारीले मंसिर ८ गते किसानहरुसँग छलफल राखिएको बताउनुभयो ।
चितवन जिल्लाका तरकारी तथा फलफूल उत्पादक किसानहरुसँग सोमबार बिहान १० बजेदेखि छलफल गरेर आगामी कार्ययोजना तयार पारिने समेत अधिकारीको भनाइ छ ।
प्रालिले ताजा तरकारी बिक्री गर्ने भन्दै चाँडै नै सफा र सस्तो खाना खुवाउने उद्देश्यले होटल समेत सञ्चालन गर्ने तयारी गरेको उहाँको भनाइ छ । बाहिरको तरकारी तथा फलफूललाई भन्दा स्थानिय उत्पादनलाई प्राथमिकता दिने प्रालिका उपाध्यक्ष सुदन बताए ।
प्रेश बिज्ञप्ती
आदरणीय पत्रकार मित्रहरू,
भरतपुर चितवनका युवा कृषि उद्यमीहरूले भरतपुर महानगरपालिका, वडा नं. १०, वाइपास रोड, थानी चोक, चितवनमा रु. ३ करोड सयुक्त लगानीमा मिति २०७७ /०६ /१२ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा भरतपुर तरकारी तथा फलफुल प्रा.लि. दर्ता गरी भरतपुर तरकारी तथा फलफुल मण्डी स्थापना गरिएको छ ।
उक्त प्रा. लि.ले भरतपुर वडा न १०, थानी चोकमा अति सुविधा सम्पन्न अत्याधुनिक तरकारी तथा फलफूल मण्डीमा थोक तथा खुद्रा तरकारी तथा फलफूल बिक्रि वितरण गरिनेछ । मिति २०७७ / ०८/०५ गते भव्य र सब्य रुपमा उद्घाटन भै सकेको कुरा जानकारी गराउन पाउँदा हामीलाई खुशीको अनुभव भएको छ । यसमा सहयोग गर्ने सम्र्पूण महानुभावहरुमा यस प्रा.लि. हार्दिक नमन गर्दछ । साथै आगामी दिनमा अझ सहयोग हुनेछ भन्नेमा हामी विश्वस्थ्य छौ ।
निकट भविश्यमा नै हामीहरुले कषकलाई प्रत्यक्ष रुपमा कृषि सहकारीमा जोडेर कृषकलाई आत्म निर्भर गराउनका लागि सदस्यहरूबाट उत्पादन भएका सम्पूर्ण कृषि उपजहरूलाई खरीद गरि बिचौलिया प्रथाको अन्त्य गर्दै कृषकले नै उचित मूल्य पाउने व्यवस्था मिलाउँदैछौँ । हामी सम्पर्ण युवाहरुलाई विनम्र यो निवेदन गर्दछौ कि तपाईहरु पनि कृषि उत्पादनमा लाग्नुहोस् र यो देशको मुहार फेर्नका लागि कुरा होईन काम गर्नुहोस् । हामी तपाईँको हरेक सुख दुखमा साथ दिनेछौँ ।
यस संस्थाबाट तपसिलका योजना सहित सम्पूर्ण युवा तथा कृषकलाई उत्पादनमा जोडिन हार्दिक विनम्र यो अनुरोध गर्दछौ ।
तपसिल
१. चितवन जिल्ला भरीका कृषक जस्को आफ्नै जग्गा छ र त्यसमा तरकारी तथा फलफूल उत्पादन गर्न चाहन्छन् भने त्यस्ता कषकहरुलाई रु. २०,००० सम्म र्निव्यजी रकम ६ महिनाको लागि ऋण लगानी गरिने छ ।
२. चितवन जिल्ला भरीका कृषक जस्को आफ्नै जग्गा छैन तर पनि भाडामा जग्गा लिई तरकारी तथा फलफूल उत्पादन गर्न चाहन्छन् भने त्यस्ता कषकहरुलाई स्थानिय जनप्रतिनिधिको जमानीमा रु. ४०,००० सम्म र्निव्यजी रकम ६ महिनाको लागि ऋण लगानी गरिने छ ।
३. चितवन जिल्ला भरीका कृषकहरु जो समूह बनाई भाडामा जग्गा लिई तरकारी तथा फलफूल उत्पादन गर्न चाहन्छन् भने त्यस्ता कषकहरुलाई सामूहिक जमानिमा रु. ५०,००० सम्म र्निव्यजी रकम ६ महिनाको लागि ऋण लगानी गरिने छ ।
४. चितवन जिल्ला भरीका कृषकहरु जो समूहमा बनाई भाडामा जग्गा लिई तरकारी तथा फलफूल उत्पादन गर्न चाहन्छन् भने त्यस्ता कषकहरुलाई सामूहिक जमानिमा रु. १,००,००० सम्म ६ ५ व्याजमा १ वर्षको लागि ऋण लगानी गरिने छ ।
५. चितवन जिल्ला भरीका कृषकहरु जो समूह बनाई भाडामा जग्गा लिई तरकारी तथा फलफूल उत्पादन गर्न चाहन्छन् भने त्यस्ता कषकहरुलाई सामुहिक जमानिमा रु. १,००,००० भन्दा बढी ऋण चाहिएमा आपसी समझदारीमा योजनाको लागत हेरी ८ ५ ज्याजमा २ वर्षको लागि ऋण लगानी गरिने छ ।
अन्त्यमा, आम उद्यमशिल युवाहरूलाई एक शुत्रमा बाँधी कृषि क्षेत्रमा प्रत्यक्ष सहभागिहुनका लागि हार्दिक अनुरोध गर्दछौँ । आजको यस कार्यक्रममा उपस्थित भएर हामीलाई हौसला दिनुहुने पत्रकार मित्रहरु प्रति आभार प्रकट गर्दै आगामी दिनमा अझ रचनात्मक सहयोगको अपेक्षा गर्दछौँ ।
धन्यबाद ।
जय कृषि क्रान्ति ।
मिति ः २०७७ / ०८ / ०६ गते ।
……………….
………..
शम्भु थापा
अध्यक्ष























