काठमाडौं / नेपाली कथानक चलचित्र ‘साइँली’ युट्युबमा रिलिज भएको छ । गतवर्ष हल रिलिज भएको चलचित्र ‘साईली’ युट्युबमा रिलिज भएको हो ।
‘साइँली’मा गौरब पहारी, मेनुका प्रधान, दयाहाङ राई, केनिपा सिंह, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायत कलाकार मुख्य भूमिकामा छन् ।
रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा प्रेम, परिवारमा गरिबीले सिर्जना गर्ने समस्यालाई चित्रण गर्न खोजिएको छ ।
























