काठमाडाैं / पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्रीबाट ओलीलाई हटाउनैपर्ने बताएका छन्।
बुधबार साँझ एक ट्विट गर्दै जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका भट्टराईले ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टी (नेकपा)ले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्ने लेखेका छन्। साथै उनले राष्ट्रपति तथा विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न नहुने पनि लेखेका छन्।
केही दिनयता नेकपाको विषयलाई लिएर नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा र नेपालका लागि चिनियाँ राजदूत यान्छीसँगको भेट र त्यसले पार्न सक्ने असरबारे विभिन्न कोणबाट चर्चा हुन थालेको छ। यसैलाई लक्ष्यित गरी भट्टराईले यस्तो ट्विट सार्वजनिक गरेका हुन्।
पछिल्लो समय नेकपाभित्रको आन्तरिक किचलोप्रति पार्टीभित्र र बाहिरका नेताले समय चासो दिन थालेका छन्।





















