चितवन / माडिमा नियमित चेकजाँचका क्रममा प्रहरीले माडीको बरुवा बजारबाट प्रतिबन्धित लागुऔषध नाइट्राभेट्स ट्याब्लेट सहित एकजना युवकलाई पक्राउ गरेको छ । प्रहरीले नाइट्राभेट्सको १४१ थान ट्याब्लेट्स सहित माडी – ३, रतनी गाउँ निवासी बर्ष १९ का सुजन शाहलाई पक्राउ गरी आवश्यक कानुनी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय चलान गराएको माडी प्रहरी निरिक्षक झलक शर्माले बताउनुभयो ।
चितवनका माडीका युवाहरुमा समेत यसप्रकारको कुलतको प्रभाव बढिरहेको भन्दै उहाँले हरेक अभिभावकहरुलाई आफ्ना सन्तानको गतिविधीहरुमा ध्यान दिन समेत आग्रह गरेका छन् । लागु औषधको दुव्र्यसनले व्यक्ति र परिवार मात्रै नभई समाज अनि राष्ट्र नै प्रभावित हुने भएकाले यसप्रकारको गतिविधीहरुको प्रतिकार गर्न वा प्रहरीलाई खबर गर्न प्रहरी निरीक्षक पौडेलको भनाई छ । यसैबिच, माडी प्रहरीले यसबर्षको तिहारमा देउसीभैलो खेल्न रोक लगाएको हो।
जिल्ला प्रशासन कार्यालयको निर्देशन अनुसार चाडपर्बको समयमा सामुहिक रुपमा गरिने शुभकामना आदानप्रदान, देउसीभैलो, खेलकूद लगायतका क्रियाकलाप सञ्चालनमा रोक लगाइएको ईलाका प्रहरी कार्यालय माडीले जनाकारी दिएको छ।





















