कास्की / पोखरामा पनि सलह किरा देखिएको छ । नेपालमा अनिकाल निम्त्याउने गरी नेपाल प्रवेश गरेको सलह तराई हुँदै एकैसाथ पहाडका विभिन्न जिल्लामा प्रवेश गरेको छ ।
त्यस्तै सलह किरा पोखरा महानगरपालिका ३ नदिपुर लगाएतका ठाउँमा सलह किरा देखिएको पोखरा महानगरका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले जानकारी दिए ।
उनले पोखरामा ठूलो संख्यामा भने देखिएको बताए । उनले पोखराको महतगौंडामा केही स्थानामा देखिए पछि स्थानीयले जानकारी दिए ।
बालीमा क्षति पुग्ने गरेर सलह देखिएको जानकारी अहिलेसम्म कतैबाट नआएको उनले बताए । सलह किरा यस अगाडी करिब ६० बर्ष पहिले पनि आएको थियो ।
त्यस बेला सलह आएपछि आएको एक नयाँ झारलाई सलह झार पनि भन्ने गरिन्छ ।





















