काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपाका नेता , नेपाल राष्ट्रिय शिक्षक संगठनका पूर्व वरिष्ठ उपाध्यक्ष तथा जनता मा. वि. आँपपिपल गोरखाका पूर्व प्रधानाध्यापक माधव मरहट्टाको निधन प्रति दुख व्यक्त गरेका छन्।
नेपाली कम्युनिष्ट आन्दोलन, जनयुद्ध, र शिक्षक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका मरहट्टाको नेपालको राजनैतिक परिवर्तनमा ठूलो योगदान रहेको प्रचण्डद्वारा जारी शोक वक्तव्यमा उल्लेख गरिएको छ।
विभिन्न पुस्तकका लेखक तथा बौद्धिक व्यक्तित्वका धनी मरहट्टाले गोरखा जिल्लाको शिक्षक आन्दोलन र त्यस क्षेत्रको शैक्षिक विकासमा खेलेका भूमिका प्रशंसनीय रहेको जनाइएको छ। शोक वक्तव्यमा भनिएको छ, ‛दिवगत कमरेड मरहट्टा प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनमा गहिरो समवेदना प्रकट गर्दछु।’
६७ वर्षीय कोरोना संक्रमित मरहट्टाको मंगलबार राति स्टार अस्पताल ललितपुरमा निधन भएको हो। मरहट्टाको बुधबार पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको पारिवारीक श्रोतले जनाएको छ।
शोक वक्तव्य






















